प्रतिवन्धित लागुऔषध सहित ३  जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, असोज ५ गते ।

धराने मिडिया : झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । 

भदौ ३ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का २० बर्षीय विपिन माझीलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी दमक नगरपालिका-८ का २३ बर्षीय अभिषेक बिश्वकर्मालाई ट्रामाडोल ६७ र डिकोलीक ६७ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय दमकले र  मोरङको बेलबारी नगरपालिका-८ का २२ बर्षीय साहिल लिम्बुलाई ८० ट्याब्लेट ट्रमाडोल र नाईट्रोसन सहित प्रहरी चौकी डाँगीहाटले पक्राउ गरेको छ।

त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-६ स्थित सडक किनारमा रहेको झाडीमा बेवारिसे अवस्थामा रहेको निषेधित औषधी ट्रामाडोल १४ हजार ८ सय ट्याब्लेट नियन्त्रणमा लिएको छ  ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर