धरानबाट एक युवा सहित लागुऔषध  १० जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, असोज ०६ गते ।

धराने मिडिया : झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

असोज ४ गते साँझ झापाको मेचिनगर नगरपालिका-४ स्थितमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका भारत दार्जिलिङका १९ बर्षिय सरोज माझी र शिवसताक्षी नगरपालिका-१ का २३ बर्षिय बिशाल खड्का र काठमाण्डौ महानगरपालिका-५ का २५ बर्षिय गणेश थापा समेतलाई ५५ ग्राम ब्राउन सहित नियन्त्रणमा लिएको हो । 

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका-२ का २० बर्षीय सौगात थापा, २१ बर्षीय सागर खत्री, २३ बर्षीय सुरज राई र सुन्दरहरैचा- ११ का २० बर्षीय पुकार विश्वाकर्मालाई ट्रमाडोल, डिकोलिक, ओबिन, लाईसिटोन र स्पाज्मिड समेत गरी ७०७ ट्याब्लेट निषेधित औषधी सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २० बर्षीय आकाश साहलाई ट्रामाडोल ४ हजार ८ यस ट्याब्लेट सहित पक्राउ गरेको छ ।

सोही दिन इलाका प्रहरी कार्यालय कटरी उदयपुरको प्रहरी टोलीले कटारी नगरपालिका-८ का दल बहादुर आले मगर र  सुमन आले मगरलाई १० किलोग्राम ९६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर