प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता, धरान दोस्रो स्थनमा

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज ०६ गते ।

धराने मिडिया : मिति २०८१/०६/०५ गते कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा "शान्ति स्थापनामा स्काउटको भूमिका" विषयक प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेशका २४ वटा स्थानीय तहका स्काउटहरुको सहभागिता रहेको थियो ।

cd676c15-9935-401e-b879-669fc8261aacd85cb961-da81-4b86-b946-59a2364c0c64

056335c3-14d2-40a7-aa45-50686e2fc318

कार्यक्रममा विराटनगर महानगरपालिकाबाट सहभागी पोखरीया स्काउट दलकी स्काउट श्री रागिनी न्यौपाने प्रथम, धरान उपमहानगरपालिकाबाट सहभागी श्री पब्लिक हाई स्काउट दलका स्काउट श्री अनुप झा द्वितीय र लेटाङ नगरपालिकाबाट सहभागी लक्ष्मी स्काउट दलकी स्काउट श्री रक्षा ओझा तृतीय भएका थिए।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक श्री राजेश बिद्रोही र साहित्यकार श्री कविता केशरी निर्णायकको भूमिकामा रहेका थिए। बेलबारी बहुमुखी क्याम्पस, बेलबारीको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीले गरेका थिए र संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गरेका थिए।

5c3052d5-f11c-4f61-a52e-ffbd8058c67e54ffe976-2930-4ae2-b536-bb811a5ecea9

60152df7-14b3-454e-bb2a-c2cbbfbf88c9

कार्यक्रममा बिजयी हुने स्काउटलाई  प्रथम पुरस्कार रु. ७,७७७/- नगद , द्वितीय पुरस्कार रु. ५,५५५/- नगद र तृतीय पुरस्कार नगद रु. ३,३३३/- सहित  ट्रफी ,मेडल र प्रमाणपत्रद्वारा  सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त श्री शिवानी देवान, प्रदेश सदस्यता वृद्धि आयुक्त श्री सन्तोष घिमिरे, प्रदेश सामुदायिक विकास आयुक्त श्री रिता पाठक, स्थानीय प्रमुख आयुक्तहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरु श्री गङ्गाराम राई, श्री संगीता पराजुली, प्रदेश परिषद् सदस्यहरु श्री नारायण श्रेष्ठ, श्री गोपाल पौडेल, श्री ओमप्रसाद आचार्य उपाध्याय, स्काउट लिडरहरु, रोभर/ रेन्जर, स्थानीय बुद्धिजीवी एवं समाजसेविहरु, अभिभावकहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, स्काउटहरुको उपस्थिति रहेको थियो ।

99d9e774-a4ab-46f9-aa07-40e4b7a2a7e7a49ba5ba-d662-44e2-b964-a98473b947bd7f4015f1-d71c-40ee-b4a1-e032cbe7ba011fa82e6d-004f-4614-93fc-a08949b2dcec0afb0b38-1196-42aa-bc19-46d3615d47b6276e420c-7ccd-4f3f-b007-dabec38a2f85