'ब्रेकअप सङ' बाट गायक बाबुल गिरीलाई अर्को सफलता

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज ०७ गते।

धराने मिडिया : आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ।

गीतमा स्वर बाबुल गिरीले दिएका छन्। उनकै शब्द, संगीत र एरेन्जमा गीत तयार भएको हो। गम्भीर विष्टले भिडिओलाई कोरियोग्राफ गरेका हुन्।

भिडियोमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , दिपाश्री निरौला  र बर्सा सिवाकोटीको अभिनय रहेकाे छ  ।

‘ब्रेकअप सङ’ले प्रेममा टुटफुट भएपछि प्रेमीको क्रोध र आक्रोशलाई चित्रण गर्दछ। गीतका शब्द र कलाकारहरूको प्रस्तुति हास्यव्यंग्य शैलीमा रहेको छ।दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्मको कथा, पटकथा र संवाद दीपकराज गिरीले लेखेका छन्। फिल्ममा दीपकसँगै केदार घिमिरे र निर्मल शर्माको लगानी रहेको छ।