धरानमा प्रदेश स्तरीय Yes, girls can do STEM विषयमा “Panel discussion" सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१  असोज ०८ गते ।

धराने मिडिया : मिति २०८१/०६/०७ YESS girls movement -Nepal Scouts को back to my roots अन्तर्गतको प्रदेश स्तरीय Yes, girls can do STEM (Science, Technology, Engineering, Mathematics) विषयमा “Panel discussion" सम्पन्न भएको छ । 

Yess girls 2024 volunteer नवीना मङ्ग्रातीको सभापतित्व तथा नेपाल स्काउट प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यमा केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारमा सम्पन्न कार्यक्रममा वि पि स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सह प्राध्यापक डाक्टर शारदा खड्का,  केन्द्रीय प्रविधि क्याम्पस धरानकी सहायक क्याम्पस प्रमुख कामना वान्तवा तथा केन्द्रीय प्रविधि क्याम्पसकी अनिवार्य विषयकी डिपार्मेन्ट प्रमुख रोमा घिमिरे प्यानलिस्टका रुपमा रहनु भएको थियो ।

edcf7c8a-a6d2-4edc-8dbd-8854edb83434

f0e1fbe8-36f5-4c25-82ae-e7c3a2f46f3f

नवीना मङ्ग्रातीले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागी स्काउट तथा विद्यार्थीहरुले महिलाहरुलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित विषयमा अघि बढ्न  के कस्ता असजिला छन् र किन यी बिषयहरु महिलाले पढ्नुपर्छ भन्ने विषय उठाएका थिए । 

प्यानलिस्टहरुले जीवनमा अगाडि बढ्नेक्रमा आईपर्ने चुनौति र महिलाले अवसर पाएमा पुरुष जत्तिकै काम गर्न सक्ने भएकाले अगाडि बढ्न सम्पूर्ण सहभागीहरुलाई आह्वान गरेका थिए ।

१०० भन्दा वढी धरान भित्र र वाहिरका स्काउट तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल स्काउट, प्रदेश शैक्षिक पद्दती आयुक्त शुसिल राई, प्रदेश परिषद् सदस्य गोपाल पौडेल, धरानका अनुशासन, स्रोत विकास तथा वित्त आयुक्त सूर्यकुमार सुनुवार, सहायक राष्ट्रिय प्रशिक्षक वविता राई लगायको सहभागिता रहेको थियो ।

dfd13d78-e0ac-4693-b425-0a944d72572b61001ec1-f8c4-41ac-a138-957ba829a121

कार्यक्रम नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालय, स्थानीय स्काउट कार्यालय धरान, स्वतन्त्र विद्यार्थी युनियन हात्तीसार, नेपाल शुक्ष्मजीव विज्ञान विद्यार्थी समाज हात्तीसार र  रिचर्स एसोसियन हात्तीसारको सहयोगमा सम्पन्न भएको थियो । 

कार्यक्रमकी संयोजक नवीना नेपाल स्काउट अन्तर्गत YESS Girls exchange कार्यक्रम अन्तर्गत २०२४ मा अफ्रिका महादेशको केन्या ६ महिना बसेर आएकी हुन् ।