प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, असोज ०९ गते ।

धराने मिडिया : इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरेको छ । 

असोज ७ गते साँझ गस्तिमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीका २० बर्षीय आषिश राईलाई उनकै घर छेउ स्थितबाट ट्रमाडोल ३५५ ट्यावलेट र स्पासरेस्ट २३० ट्यावलेट सहित पक्राउ गरेको छ । 

प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनको थप अनुसन्धान भई रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर