आगलागीबाट करौडौको क्षेति प्रहरी र दमकलको सहयोगमा तत्काल नियन्त्रण

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, असोज १० गते।

धराने मिडिया : मोरङको बिराटनगर महानगरपालिका-२ स्थित रहेको दुई पाङ्ग्रे ईलेक्ट्रिक सवारी साधनको सोरुममा आगलागी हुँदा प्रहरी र दमकलको सहयोगमा तत्काल आगो नियन्त्रण गरिएको छ । 

असोज ०९ गते अपरान्ह ३ बजे भाबिया ईन्टरनेशनल इलेक्ट्रिक  सोरुममा बिधुत सर्ट भई आगलागी हुँदा आगो नियन्त्रण गर्न तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्की सहित ५० जना प्रहरी टोली र ३ वटा बारुण यन्त्रको सहयोगमा पौने ४ बजे आगो पुर्णरुपमा नियन्त्रण गरिएको हो । 

आगलागीबाट सोरुममा रहेको ईलेक्ट्रिक स्कुटर साईकल ८० थान, ईन्भटर ६० थान, ब्याट्री २०० थान लगायत सोरुमा रहेका अन्य सामग्रीहरू समेत जलि करिव १ करोड ५० लाख बरावरको क्षेति भएको खुल्न आएको छ ।

8a354aba-637b-49b2-8ff7-8bfd857692c8