धरान ११ स्थित  लिवर्टि स्काउट दलमा प्रथम दीक्षान्त समाराोह

समाचारदाता : गोपाल पौडेल

२०८१  असोज १० गते।

धराने मिडिया : धरान ११ स्थित लिवर्टि स्काउट दलमा प्रथम दीक्षान्त समाराोह सम्पन्न भएको छ । 

विद्यालयका प्रधानाध्यापक भगत लिम्बुको अध्यक्षता, नेपाल स्काउट, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यता, धरान शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाको विशेष आतिथ्यता साथै प्रदेश शैक्षिक पद्धति आयुक्त सुशील राई, प्रदेश परिषद् सदस्य गोपाल पौडेल लगायतको उपस्थिति रहेको थियो।

191dadd1-4ba3-49ad-af0c-e5352499d9a2

उक्त दीक्षान्तमा १२ छात्र र २४ छात्रा स्काउटहरु दीक्षित भएका थिए । सो दीक्षान्तको सहजिकरण स्थानीय सुशासन, श्रोत विकास तथा वित्त आयुक्त सुर्य कुमार सुनुवार र स्काउटर बबिता गुरुङले गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन रेन्जर देविका मगरले गर्नु भएको थियाे ।

20a3f8e2-938b-45f9-9c4b-484742ed7680e5667fee-ff66-4460-b484-dcad7b61ea6e