भन्सार छलीका अवैध सामान वरामद

समाचारदाता : गोपाल पौडेल

मोरङ, असोज ११ गते ।

धराने मिडिया : मोरङको सुनवर्सी नगरपालिका-५ स्थितमा भन्सार छली अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको छ । 

असोज ९ गते इलाका प्रहरी कार्यलय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२त ६४४२ नम्वरको ट्रयाक्टरमा भन्सार छली ल्याउदै गरेको ३४० पिस मार्वल र ६४० किलोग्राम  सनपाट बरामद गरेको हो ।

अवैध सामान वरामद भए संगै उक्त सामान र ट्याक्टर सहित चालक रंगेली-‍६ का  राम नारायण सरदार समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी सोही कार्यालयबाट खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका-३ बेतौना स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ७५ हजार ६ सय रुपैंया बरावरको बिभिन्न किसिमका कस्मेटिक सामानहरु बरामद गरेको छ ।

बरामद गरिएका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर