अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रण

समाचारदाता : गोपाल पौडेल

मोरङ, असोज १२ गते ।

धराने मिडिया : मोरङको केराबारी गाउँपालिका-८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

 असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त ४५८३, को.१ त ८७२२,  प्र.१-०२-००३ त २७१२, प्र. १-०२-००३ त १८८१, प्र. १-०२-००३ त २८३९  र  प्र. १-०२-००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

IMG-20240928-WA0008IMG-20240928-WA0010