एमएज लन्च एण्ड बार दोस्रो वर्षमा प्रवेश

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १२ गते ।

धराने मिडिया : धरान १५ बगरकोटमा रहेको एमएज लन्च एण्ड बार  दोस्रो वर्षमा प्रवेश गरेको छ ।

बारले बिहिबार विधिवत कार्यक्रम गर्दै दोस्रो वर्ष को वार्षिक उत्सव मनाएको हो । दोस्रो वार्षिक उत्सवमा धरान उपमहानगरपालिका का उपमेयर आइन्द्र विक्रम बेघा लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो वार्षिक उत्सवको दिन शुभम एन्ड द ब्यान्ड को लाइभ म्युजिक र डिजेमा डिजेएम्फुको स्टेज प्रस्तुति रहेको थियो। बारले वार्षिक उत्सवको दिन ग्राहकलाई लक्षित गर्दै प्रवेश निःशुल्क गरेको थियो।

एमएच लन्च एन्ड बार धरानको मात्र नभएर पुर्वान्चलकै‌ उत्कृष्टमा पर्दछ । बारमा दैनिक साझ विभिन्न ब्यान्डले‌ प्रस्तुति दिरहेका हुन्छन्। नेपाल भन्दा बाहिर बाट समेत पर्यटक आएर यहाकाे मनाेरञ्जन लिइरहेका छन्।

बारमा मन्त्र ब्यान्ड र सबिन राई एन्ड द प्यारो ब्यान्ड समेत आइसकेको छ ।