धरान-५ का दुई युवा सहित लागुऔषधमा ५ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, असोज १३ गते ।

धराने मिडिया : मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

असोज १० गते दिउँसो मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका को.६ प ९६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-१२ का ३० बर्षीय शंखर दाहाल र २५ बर्षीय नन्दु फुयाललाई २ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले बेलबारी नगरपालिका-२ लालभित्तिका १८ वर्षीय शुसिल रेग्मीलाई प्रतिबन्धित औषधी ११० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

 यसैगरी असोज १० गते साँझ सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ का ३१ बर्षीय पर्वत दर्जी र २६ बर्षीय सनम तामाङलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर