सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

सुनसरी, असोज १४ गते ।

धराने मिडिया : सुनसरीको बराहक्षेत्र नगरपलिका-४ स्थितमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । 

असोज १२ गते राती ८ बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा  ५५ बर्षीय भिखन चौधरीको घटना स्थलमा नै मृत्यु भएको हो । 

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।