काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

समाचारदाता : गोपाल पौडेल

विराटनगर,  असोज १४ गते 

धराने मिडिया : काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ । 

प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे । 

नीजि क्षेत्रकाे सहकार्य र समन्वयमा याे सम्मेलन गर्ने तयारी सरकारकाे छ । काेशी प्रदेश सरकारकाे चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियाे । 

साेही अनुसार याे कार्यक्रमलाई अगाडि बढाईएकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ । 

प्रदेश लगानी प्राधिकरणले यसकाे आवश्यक समन्वय, सहजीकरण र लगानीकाे क्षेत्रहरू तय गर्ने छ । 

प्रदेश सरकारले याे कार्यक्रम सम्पन्न गर्न करिब ३ कराेड बजेट छुट्याएकाे छ । 

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्राे मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । 

प्रदेशका सम्भावित आयाेजननकाे क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहकाे नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ । साथै प्रदेशले गर्नुपर्ने कानून संशाेधन तत्कालै गर्ने तयारी सरकारकाे छ ।

पिपिपी माेडेलकाे लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयाेजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार माेहन सुवेदीले जानकारी दिनुभयो ।