आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १५ गते।

धराने मिडिया : बाढी–पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ। उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने बताइएको छ।

राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।