लागुऔषध सहित ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, असोज १६ गते ।

धराने मिडिया : झापा र मोरङबाट लागुऔषध सहित ३ जनालाइ प्रहरीले पक्राउ  गरेको छ । 

असोज १४ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लावारी नगरपालिका-३ का २८ बर्षीय सनम धिमाललाई २ ग्राम  ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ का २१ बर्षीय राहुल ठाकुरलाई १ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका-९ का २२ बर्षीय नबिन राईलाई १००० चक्की नियन्त्रित औषधी ट्रमाडोल र स्पासपेन सहित नियन्त्रणमा लिएको छ  । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर