वर्षाका कारण सुम्निमा पारुहाङ साझ स्थगित

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १६ गते ।

धराने मिडिया : धरानमा हुने भनिएको सुम्निमा पारुहाङ साझ भाग-२ वर्षाका कारण स्थगित भएको छ।

असोज १५ गते धरान-१६ स्थित रंगशालामा हुने भनिएको उक्त च्यारेटी कन्सर्ट अन्तिम समयमा निरन्तर वर्षाका कारण स्थगित हुने आयोजकले जानकारी दिएका थिए । जानकारी पाए अनुसार पानीका कारण साउड सिस्टम पनि असर पनि छ।

कार्यक्रममा गायक सविन राई एण्ड दि प्र्यारो, पुर्ण राई एण्ड दाजुभाई, गायिका विष्णु चेम्जोङ, आरोज ब्याड, कलाकार रेखा लिम्बू तथा अन्य कलाकारहरु प्रस्तुती हुने तालिका रहेको थियो। 

त्यस्तै कार्यक्रममा विषेश उपस्थितमा तथा प्रस्तुती चलचित्र खुस्माका प्रमुख कलाकार उपसना सिंह ठकुरी र धिरज मगर रहेको थियो । त्यस्तैगरि कार्यक्रम उद्घोषणमा महेश लिम्बू र इक्ष्या मादेनद्वारा संचालन हुने भनिएको थियो ।

74ae4a3e-cb36-4167-911b-874776b25658

धरान-२० स्थित चिन्डे डाडामा निर्माण हुन लागेको सुम्निमा पारुहाङ प्रतिमा मुर्तीका लागी आर्थिक सहयोग जुटाउन सो कन्सर्ट आयोजना गरिएको हो। गत चैतमा सुम्निमा पारुहाङ च्यारेटी कन्सर्टको पहिलो भाग धरान-१६ को रंगशाला सम्पन्न भएको थियो ।

धरानका मेयर हर्कराज राई (सापाङ) को अगुवाइमा भइरहेको उक्त सहयोगार्थ कार्यक्रममा विभिन्न संघसंस्था साथ रहेको छ ।

आझै केही दिन निरन्त वर्षा हुने सम्भावना भएकोले आयोजक टोलिका अनुसार सुम्निमा पारुहाङ साझ भाग-२ कार्यक्रम तिहार पछि पुर्ण अझ राम्रो व्यवस्थापनका साथ हुने बताइएको छ।

e2cdf1ab-913f-4a42-a5fb-bfa206e6e337