सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल 

२०८१ असोज १७ गते ।

धराने मिडिया : मोरङको बेलबारी नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

असोज १५ गते साँझ पुर्वबाट पश्चिम तर्फ आउदै गरेको  ना. २ ख १४९० नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १ -०२-००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठक्कर लागी दुर्घटना हुँदा सोमुका चालक बेलबारी नगरपालिका-९ का ३५ बर्षीय कृष्ण थापा गम्भिर घाईते भएकोमा उपचारको लागी न्युरो  अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा नै उनको मृत्यु भएको हो । 

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।