करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १७ गते ।

धराने मिडिया : झापाको गौरीगंज गाउँपालिका-३ का ३६ बर्षीय राम कुमार गिरीको  करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । 

असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न  पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउदा करेन्ट लागेर घाईते भएका गिरीलाई उपचारको लागी  लाईफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै मृत्यु भएको हो ।

 घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।