धरान स्थानीय स्काउट कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

सुनसरी, असोज १८ गते ।

धराने मिडिया : स्थानीय स्काउट कार्यालय, धरान उपमहानगरपालिकाले दशैं, शुभ तिहार, नेपाल सम्वत तथा छैठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

धरान-१३ स्थित धरान स्काउट कार्यालयमा स्थानीय प्रमुख स्काउट तथा धरान उपमहानगरपालिका नगर उप प्रमुख अईन्द्र बिक्रम बेघाकाे प्रमुख आतिथ्यता, धरान-१३ का वडाध्यक्ष नेत्र काफ्ले, काेशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा महाशाखा प्रमुख तथा सदस्य सचिव गणेश खतिवडा लगायत अन्य अतिथीहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न  भएकाे थियाे । 

कार्यक्रमकाे सभापतित्व स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेले गरेका थिए भने  कार्यक्रम सञ्चालन रेन्जर देविका मगरले गरेका थिए । कार्यक्रममा ५० बढि स्काउट लिडर, माष्टर सहित राेभर/रेन्जरकाे उपस्थिती रहेकाे थियाे ।

8ca248a5-50f7-467e-a132-42c024217d92

कार्यक्रममा धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघा, धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले, काेशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा, स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

13f69b93-c3b7-416c-9e6b-c63fbc8c3f3e