धरानमा आजदेखि दुई दिने बियर म्होत्सव सुरु

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १८ गते। 

धराने मिडिया : कोशी प्रदेशमा पहिलो पटक सुनसरीको धरानमा बियर महोत्सब हुने भएको छ । यही असोज १८ र १९ गते दुई दिन सम्म उक्त महोत्सब हुने भएको हो ।

उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो । अध्यक्ष विजय श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन ।

धरान–१५ स्थित होटेल ईजी राइडरमा पहिलो प्रदेश स्तरीय बियर उत्सब हुने भएको हो । महोत्सवमा विभिन्न प्रकारका खानाका स्टलहरू सहित साँस्कृतिक कार्यक्रम समेत हुने छ । महोत्सव संयोजक नवीन तामाङका अनुसार महोत्सव अवधिभरी नेपालमा उत्पादित ७ वटा बियर कम्पनीको स्टलहरु राखिने भएको छ ।

सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ, हिमालयन ब्रुअरी कम्पनीहरूबाट उत्पादित बियरहरु स्टलमा राखिने वताइएको छ भने काठमाण्डौ पछि कोशीको धरानमा बियर महोत्सव हुन लागेको हो ।