बिराटनगरमा धरानका युवा पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, असोज १९ गते ।

धराने मिडिया : मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भदौ १७ गते अपरान्ह मोरङको बिराटनगर-१५ ढाट स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान- १५ सुनसरीका २८ बर्षीय कोलेन राई, २८ बर्षीय सोनाम तामाङ र धरान-७ का २७ बर्षीय अगम राईलाई १ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 त्यस्तै प्रहरी चौकी बेलस्रोत उदयपुरबाट खटिएको प्रहरी टोलीले सिन्धुली दुधौली नगरपालिका-९ का २६ बर्षीय श्याम कार्कीलाई नाईट्राभेट ७५ ट्याबलेट नियन्त्रित औषधी सहित कटारी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

 लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर