धरान नृत्यकला प्रतिष्ठानको शुभकामना आदानप्रदान कार्यक्रम 

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १९ गते। 

धराने मिडिया : धरान नृत्यकला प्रतिष्ठानको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानले बिहिबार फ्ङ्क फ्युजन डान्स एकेडेमीमा कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हाे । बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियाे । 

कार्यक्रममा संस्थापक अध्यक्ष एव पुर्व अध्यक्ष मनि कुमार राइ , नृत्य निर्देशक संघका सुनसरीका उपाध्यक्ष लक्ष्मी समला, सचिव तुल्सि घिमिरे लगायतका विभिन्न डान्स सेन्टरकाे विद्याथीकाे उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना आदानप्रदान संगै प्रतिष्ठानकाे साधारण सभा कसरि एकीकृत, भब्य व्यवस्थित तरिकाले सम्पन्न गर्ने भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रमकाे प्रमुख अतिथि चरिया नाचका विज्ञ लक्ष्मी शाक्यले देश शाेकमा परेकाे हुनाले देउसीभैलो कार्यक्रम गर्दा पिडितलाई राहतकाे प्रावधान मिलाउन अनुरोध गर्दै शुभकामना दिनुभएको थियो।

ff45b3ed-3c57-488e-a1bf-af8f35a0bfb5

04deba5c-de2d-4550-a65d-f1257ced18c9