पेस्तोल सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

ताप्लेजुङ, असोज २० गते ।

धराने मिडिया : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ स्थितबाट पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १६ गते राती ९ बजे बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मिक्वाखोला-२ का २०  बर्षीय उदय पन्थको घर कोठा खनतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा १ थान अटोमेटिक पस्तोल बरामद गरेको हो ।

पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।