बाम्फोक प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

समाचारदाता : गोपाल पौडेल

ताप्लेजुङ, असोज २० गते ।

धराने मिडिया : ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-१ ओख्रेका ३२ बर्षीय सुमन ओख्रावु लिम्वुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

असोज १७ गते बिहान घरायसी वाद बिवादको क्रममा ५५ बर्षीय श्याम ओख्रावु लिम्वुलाई उनकै छोरा सुमन ओख्रावु लिम्वुले धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्तहुनासाथ तत्काल प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले बाबुको हत्यामा संलग्न छोरालाई घटनामा प्रयोग भएको बाम्फोक सहित पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेका लिम्वुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर