ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

समाचारदाता : गोपाल पौडेल

मोरङ, असोज २१ गते ।

धराने मिडिया : मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

असोज १७ गते साँझ ना. ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री बिराटनगर-१८ का ६० बर्षीय श्याम साह घाईते भएका थिए । घाईते उनलाई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो  भने ठक्कर दिने ट्रक र चालक सुनसरी बर्जु गाउँपालिका-५ का ३० बर्षीय दिपक यादवलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर