जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

झापा, असोज २२ गते ।

धराने मिडिया : झापाको हल्दिबारी गाउँपालिका-३ स्थितमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ६५ बर्षीय वाङदी गुरुङ रहका छन् । असोज १७ गते बिहान स्थानिय रणकाली सामुदायिक जंगलमा घाँस काटेर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापाबाट तत्काल खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पश्चात शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।