धरान-८ स्थित तीनकुनेबाट खोटाङका दुई युवा सहित लागुऔषधमा १० जना पक्राउ

लागुऔषध सहित १० जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, असोज २२ गते ।

धराने मिडिया : पाँचथर, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १८ गते दिउँसो जिल्ला प्रहरी कार्यलय उदयपुर र प्रहरी कार्यलय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलका नगरपालिका-४ का २४ बर्षीय दुर्गा प्रसाद घिमिरे, ३० बर्षीय नबिन राई र ३० बर्षीय मान बहादुर माझीलाई ६० मिलिग्राम ग्राम ब्राउन सुगर, ट्रामाडोल १० चक्की र डिफोमिन ८ चक्कि सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-४ का २४ बर्षीय अबिन सुजी, २३ बर्षीय पुरन खत्री, १९ बर्षीया सुस्मा लिम्बु, फालेलुङ गाउँपालिका-४ का २३ बर्षीय जोसिफ राई र याङवारक गाउँपालिका-१ का २८ बर्षीय सरोज लावती समेतलाई १ ग्राम ब्राउन सुगर, ट्रामाडोल ४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी तीनकुनेको प्रहरी टोलीले धरान-८ स्थितबाट खोटाङ साकेला गाउँपालिका- ४ का २६ बर्षीय प्रकाश खड्का र  हलेसी तुवाचुङ नगरपालिका- ३ का २३ बर्षीय किसिम राईलाई ट्रामाडोल १ सय ७० क्याप्सुल र डिकोलिक १ सय ७० ट्यावलेट सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर