धरानबाट जुवातास खेल्ने ४ जनाको समुह पक्राउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, असोज २२ गते ।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट जुवा खेल्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिंदै गरेको चाडपर्वलाई सुरक्षित बनाउने उद्धेश्य अनुरुप इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट असोज १८ गते बिहान परिचालन भएको टोलीले धरान-१५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा १३ बुक तास र नगद ४९ हजार ३ सय १५ रुपैया समेत पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।