नृत्यकलालय (द डान्स गार्डेन) काे शुभकामना सांस्कृतिक उत्सव सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज २३ गते। 

धराने मिडिया : नृत्यकलालय ( द डान्स गार्डेन) काे विजयदशमी, शुभ दीपावली शुभकामना सांस्कृतिक नृत्य उत्सव सम्पन्न भएको छ ।

कलालयले शनिबार भु.पु. सैनिक सभा हलमा कार्यक्रम गर्दै शुभकामना नृत्य उत्सव गरेको हाे । बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम संगै कलालयले नृत्य उत्सव गरेको थियाे ।

कार्यक्रममा विशेष अतिथि धरान नृत्यकला प्रतिष्ठानकी अध्यक्ष नन्दा राइ , सचिव सन्तोष तामाङ, काेषाध्यक्ष सुरेश राइ , समाजसेवी सुस्मिता संयाेक इमेहाङ‌ लिम्बूकाे उपस्थिति रहेकाे थियाे भने १३ नं वडा कार्यालयका वडाध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि काफ्लेले आउदै गरेको चाडपर्वकाे शुभकामना व्यक्त गरेका थिए ।

0760e1b3-2ff4-4cd2-8c8e-7de7d11182b5