धरानबाट निषेधित औषधी सहित २ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
२०८१ असोज २३ गते।
धराने मिडिया : सुनसरीको धरान उपमहानगरपालिका-९ र ११ स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २० गते बेलुकी ६ बजे लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-९ स्थितमा डेरा गरी बस्दै आएका धर्मदेवी नगरपालिका-८ संखुवासभाका ३१ बर्षीय सुरज गुरुङको डेरा कोठा खानतलासी गर्दा दुई ओटा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामानिल ७ हजार ८ सय ६० क्यापसुल र स्पास्मो ८ हजार ४ सय ३० चक्की बरामद गरेको हो ।
त्यसैगरी अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-११ का २९ बर्षीय देवराज भुजेललाई ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार क्याप्सुल सहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङ कानेपोखरी-६ का १९ बर्षीय अर्जुन सुन्दासलाई निट्राजेपाम ४० चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर