नक्कली नोट सहित १ जना महिला पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज २४ गते ।

धराने मिडिया : सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट नक्कली नोट सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २२ गते बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका-७ की ३१ बर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाको नक्कली नोट १ हजार दर को ५० थान र निषेधित औषधी नाईट्रोसन-१०० चक्की समेत बरामद गरेको थियो ।

नक्कली नोट र निषेधित औषधी सहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर