धरान-८ तीनकुनेबाट निषेधित औषधी सहित १ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
बिराटनगर, असोज ३० गते ।
धराने मिडिया : सुनसरीको धरान उपमहानगरपालिका-८ तीनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट धरान तर्फ आउदै गरेको को. १ ख ७४५१ नंम्बरको बसलाई चेकजाँच गर्दा बसमा सवार रहेका मोरङ बिराटनगर महानगरपालिका-१२ का २७ वर्षीय राकेश कुमार यादवले जेब्रा झोलामा लुकाई छिपाई बोकेको निषेधित औषधी स्पास्मो १७ हजार ५ सय चक्की सहित यादवलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका यादवको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर