पेट्रोलियम पदार्थको मूल्य बढ्यो
समाचारदाता : गोपाल पौडेल
२०८१ असोज ३० गते ।
धराने मिडिया : भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पेट्रोलियम मूल्य बढाएको छ।
आज (मंगलबार) राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
मूल्य बढेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १५९ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १५८, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा कायम भएको छ ।