सभापति रवि लामिछाने पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१  कार्तिक ०३ गते ।

धराने मिडिया : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। जारी भएसँगै सिआइबीको टोली उनलाई पक्राउ गर्न पुगेको हो।

पक्राउपछि प्रतिक्रिया दिँदै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाए। सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गर्दै सरकार बनाउने सहमति भएकै दिन आफूलाई पक्राउ गर्ने निर्णय भएको बताए । उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’