धरानमा सहित नियन्त्रित औषधीमा ७ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
विराटनगर, कार्तिक ०६ गते ।
धराने मिडिया : सुनसरी र भोजपुरबाट नियन्त्रित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा कार्तिक ४ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३ सय ५० चक्की र डिकोलिक ७० चक्की सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान-१५ का २२ बर्षीय गौरव चौहान, २० बर्षीया स्मृती राई, १८ बर्षीय सुजल सुन्दास, २२ बर्षीय युगल राई, धरान-१७ का १९ बर्षीय बिशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ बर्षीय निरु राई रहेका छन् ।
त्यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-१ बाट डिकोलिक ५० र ट्रामानिल ५० चक्की सहित धरान-१६ का २४ बर्षीय रोहन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय घोडेटारले पक्राउ गरेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर