नियन्त्रित औषधी सहित २ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
उदयपुर, कार्तिक ०९ गते ।
धराने मिडिया : उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक ७ गते राती प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गरेको प्र.१-०५-००१ ह ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी बरामद गरेको हो।
नियन्त्रित औषधी सहित पक्राउ परेका अटो चालक त्रियुगा-३ का ४४ बर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा-११ का २६ बर्षीय धिरज खड्काको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर