जय धरान हाईकिङ समुहको १३०० हाईक पूरा
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक ११ गते।
धराने मिडिया : धरानको एक सक्रिय संस्था जय धरान हाईकिङ समुहले आफ्नो १३०० हाईक पूरा गरेको छ । गत कार्तिक १० गते शनिवार संस्थाले आफ्नो १३०० हाईक पूरा गरेको हो।
"स्वास्थ्यको लागि नियमित दैनिक २ घन्टाको पैदलयात्रा गरौ स्वास्थ्य बनौ" भन्ने मुल नाराका साथ धरान-१५ स्थित काठे पुलबाट धरान-४ को दानाबारी सम्म नियमित आफ्ना सदस्यहरु साथ हाईक पूरा भएको थियो।
धरानको आन्तरिक पर्यटन विकासका निम्ति सुरु गरिएको यस संस्थाले दैनिक हाईकिङ गराउदै आएको छ। हरेक दिन बेलुका ५ बजे देखि ७ बजे सम्म धरानको विभिन्न ठाउँमा पत्रयात्रा गर्दै पुगि सामाजिक संझाल मार्फत प्रचार गर्दै हालसम्म आएको छ।
हाईक कै क्रममा संस्थाका अध्यक्ष रोशन अधिकारीले हालसम्म सहयोग पुराउनु हुने व्यक्ती र उपस्थिति सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए। उन संस्थाले हालसम्म निशुल्क गराउदै आएको हाईकिङलाई अझै निरन्तर लैजाने बताएका थिए।
सिमित सहभागीबाट सुरु गरिएको यस हाईकिङ संस्था अहिले आएर देशमा मात्रै नभएर विदेशसम्म चर्चा बटुल्न सफल भएको छ। सुरुमा दैनिक सहभागी ३-५ जना हुन्थे भने अहिले यो संख्या बढेर १५-२० जना पुगेको छ।
धरानमा हङकङ, युके र अन्य देशहरुबाट छुट्टिमा आएकाहरु पनि यस संस्थामा नियमित हाईकिङमा सहभागी हुने गरेका छन ।