अबैध भन्सार छलीका सामान बरामद
समाचारदाता : गोपाल पौडेल
मोरङ, कार्तिक १४ गते ।
धराने मिडिया : मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली नेपाल भित्र्याउदै गरेको अबैध सामान प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तरगत चाडपर्व लक्षित सुरक्षा योजना अनुसार कार्तिक १२ गते मोरङको सिमवर्ती एरिया इलाकाहरुमा परिचालन भएको प्रहरी टोलीले अवैधरुपमा भन्सार छली गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा करिव ३ लाख ८६ हजार ४ सय बराबरको रेडिमेड कपडा, कुर्ता सुरुवाल, जुत्ता लगायत बिभिन्न प्रकारका खाद्यान्नका सामाग्री समेत बरामद गरेको छ ।
बरामद भएका उक्त सामग्री आवश्यक कारवाहीको लागी रानी भन्सार कार्यालयमा बुझाएको छ ।