नेपाल सिनेमा क्षेत्रमा बज्न सफल "पुर्ण बहादुरको सारङ्गी"

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक १९ गते ।

धराने मिडिया : नेपाल सिनेमा क्षेत्रमा सुरिलो धुनमा बज्न नेपाली चलचित्र "पुर्ण बहादुरको सारङ्गी" सफल भएको छ ।

गत कार्तिक १५ गते लक्ष्मी पुजाको दिन देखि देश व्यापी सार्वजनिक भएको चलचित्र "पुर्ण बहादुरको सारङ्गी" यति बेला सामाजिक संजालमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको छ।

चलचित्र रिलीज भएको ५ दिन पछि पनि सिनेमा हलहरुमा दर्शक तान्न सफल भईरहेको छ। प्रतिस्पर्धामा बलिहुडका दुई चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’ हुदा पनि नेपाली चलचित्रको चर्चा प्राप्त गर्न सफल भएको हो।

मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको संयुक्त प्रस्तुति रहेको उक्त चलचित्रका कथाकार सरोज पौडेलले लेखेका हुन। सरोज पौडेलको निर्देशनमा बनेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा र आलिशा बास्तोलाको अभिनय देख्न पाइन्छ।

purna bahadur ko sarangi

बाबु(छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ। निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ। यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन्