सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८१ कात्तिक २१ गते ।

धराने मिडिया : झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

कात्तिक १९ गते झापा कन्काई नगरपालिका-५ स्थितमा मे. ११प३३८ नम्बरको मोटरसाईकलले स्थानिय बिनोद पाठकको ७ बर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा  घाईते भएका बालकको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितमा प्रदेश१-०२-०४३ प ६६६२ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ४५ बर्षीय लोक बहादुर पौडेललाई ठक्कर दिँदा घाईते भएका उनलाई बिराट टिचिङ अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए।

सोहि दिन मोरङको रतुवामाई नगरपालिका-१० स्थित आमबारी-उर्लाबारी सडक खण्डमा उर्लाबारी तर्फ जाँदै गरेको ना.४ ख ४०१३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र.१-०१०-१४ प २४४३ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा मोटरसाईकल चालक झापा कमल गाउँपालिका-५ का २८ बर्षीय संदेश गौतमको उपचारको क्रममा आर्या न्युरो अपस्तालमा मृत्यु भएको थियो। 

सवारी दुर्घटनामा संलग्न रहेका  मोटरसाईकल चालक कन्काई-५ का २३ बर्षीय अजत मिया, इटहरी-२ का ४० बर्षीय राजन धमला र बस चालक मोरङ रतुवामाई नगरपालिका-६ का ३२ बर्षीय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।