धरानको सेरा सुचना बस्तीमा बाढी राहत वितरण

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक २२ गते ।

धराने मिडिया : किवानिज धरान र होप धरानको संयुक्त आयोजनामा धरान-६ पानबारी स्थित सेरा सुचना बस्तीमा बाढी राहत वितरण कार्य सम्पन्न भएको छ।

कार्तिक २१ गते बुधबार धरान-६ स्थित सेरा सुचना बस्तीको प्राङ्गणमा महेश श्रेष्ठको सभापतिमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो।

17309561985491730956188931

कार्यक्रममा बस्तीमा बस्दै आएका र बाढीले क्षति पुगेका १५ घर परिवारलाई कुल रकम रु ७६,५८० बराबरको सामाग्री वितरण गरिएको थियो। हरेक परिवारलाई एक बोरा चामल, मुसुरिको दाल एक किल, आधा लिटर तेल, चना एक केजि, मशला नुन एक प्याकेज, सोयाविन एक पोका, चाउचाउ एक काटुन, त्रिपाल र ओड्ने ओछ्यान एक सेट वितरण गरिएको थियो।

Bhupendra Bhattrai

1730956191326

यस राहत वितरण कार्यक्रममा अशोक श्रेष्ठ, अशोक अग्रवाल, महेश श्रेष्ठ, सुजित मास्के (हङकङ), सुजता दर्नाल, रिसि शर्मा, उत्तम आले, ललिता नेङ्वाङ, सन्जिता बर्देवा (यु.के), कैलाश जैन, रेखा अग्रवाल, सहारा लिम्बू, अनिता बर्देवा, दिपेन्द्र थपलिया, अशोक शाक्य, अमित चौधरी, वीर भक्त राई (हङकङ) र निश्चल पलिखे सहयोग गरेका थिए।

1730956202918

Nischal Palikhe

कार्यक्रम संचालन गर्दौ होप धरानका अध्यक्ष निश्चल पलिखेले सम्पुर्ण अतिथिहरुलाई स्वागत सम्मान गर्दै उपस्थित ब्याक्तित्वहरु धन्यवाद दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सशस्त्र प्रहरी बल कार्यलय धरानका डि.एस.पि देवेन्द्र बहादुर सिंह, विशिष्ट अतिथी धरान उपमहानगरपालिका वडा न.६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई, अतिथी सेरा सुचना बस्तीका अध्यक्ष शेर बहादुर दर्नाल र कोशी प्रदेश ब्याडमिन्टन सघका अध्यक्ष योशेश्वर श्रेष्ठको उपस्थिति रहेको थियो।

17309561961341730956204598