लाइन्स क्लव अफ धरानद्वारा झुम्का कारागारमा पुस्तक हस्तान्तरण

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक २६ गते।

धराने मिडिया : पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोग तथा लाइन्स क्लव अफ धरान ग्लोरीले कारागारका कैदीबन्दीहरुका लागि दराजसहित २५० थान पुस्तक शनिवार हस्तान्तरण गरेको छ । 

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा ज्यूको प्रमुख आतिथ्यमा  क्षेत्रीय कारागारका बन्दीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको हो । 

कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने पवित्र उद्देश्यले बन्दीहरुको विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका पुस्तकको हुने भएकाले पुस्तक वितरण गरिएको लाइन्स क्लव अफ धरानकी अध्यक्ष एकता श्रेष्ठले जानकारी दिनुभयो । 

पुस्तक हस्ताण्तरण कार्यक्रममा सुनसरी ज़िल्ला प्रहरी प्रमुख एसपी सुमन  तिमसिना,  जेलर ध्रुर्व रिज़ल,  रामधुनी नगरपालिकाका मेयर शंकर चौधरी, उपमेयर सरिता थापा, सशस्त्र प्रहरी बलका एसपी सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख डिएसपी आइन्द्र नेम्वाङ्ग, लायन इन्द्र राजन खत्री, विजय हरि शर्मा, बबरजंग थापा, लीला चिमरिया, रमेश खत्रीगगायतको उपस्थिति रहेको थियो । विभिन्न सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

f7a00b94-db41-4696-ab9b-cd31f1398548

सहयोगी संस्था पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनीले नेपाल बाहिर विभिन्न देशहरूमा कार्यरत यस पूर्व क्षेत्रका  नेपालीहरू आबद्ध रहेको यो समाज आफ्नो मातृभूमिको लागि केही गरौं भन्ने उद्देश्यले सहयोग गदैं आएको बताउनु भयो ।

लायन्स क्लब अफ धरान ग्लोरीसँग सहकार्य गरी कारागारमा रहेका बन्दीहरूको जीवन परिवर्तनमा टेवा पुर्‍याउन पुस्तकहरू सहयोग गरिएको कार्यक्रम संयोजक शिवजी श्रेष्ठले बताउनु भयो ।