प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बिपी प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक २७ गते ।
धराने मिडिया : प्रधानमन्त्री तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीबाट आयोजित १३औँ दीक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठान नेपालकै मात्र हैन दक्षिण एसियाकै प्रतिष्ठित अस्पताल भएकोले यहाँबाट दिक्षित हुने विद्यार्थीहरुबाट नेपाल र नेपालीले धेरै अपेक्षा गरेकोले अपेक्षा गरे अनुसारको काम गरेर अगाडि बढ्न पनि दीक्षित विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ ।
दीक्षान्त समारोहमा उक्त अवधि सन् २०१० देखि २०१७ ब्याचमा एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङका विद्यार्थी दीक्षित भएका हुन ।
ओलीले धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी विद्यार्थीको कोटा बढाउनु पर्नेमा जोड दिएका छन् ।
२०१६ सालमा दिक्षान्त समारोह गरेको स्वास्थ्य प्रतिष्ठानले ८ बर्षपछि १३ र्औ दिक्षान्त समारोहा गरेको हो । आयोजकको अनुसार २०१६ सालमा पनि उनै प्रधानमन्त्री ओलीको उपस्थितिमा दिक्षान्त समारोह भएको थियो ।