धरानबाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८१ कार्तिक २८ गते ।

धराने मिडिया : सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट  नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ ।

कार्तिक २५ गते राती सँवा ११ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार  सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामानिल २ सय क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको थियो ।

IMG-20241113-WA0002

पक्राउ परेका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३ बर्षीय अंकित कुमार सिंह, धरान ८ का २० बर्षीय साइमन राई र २३ बर्षीय सागर श्रेष्ठलाई ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेट सहित पक्राउ गरिएको थियो ।

पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर