भन्सार छलीका अवैध कपडा बरामद
समाचारदाता : गोपाल पौडेल
मोरङ, कार्तिक २९ गते ।
धराने मिडिया : मोरङको उर्लाबारी नगरपालिका-४ स्थितबाट भन्सार छलीका अवैध कपडा प्रहरीले बरामद गरेको छ ।
कार्तिक २४ गते बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को. १ ह ६३०९ नम्बरको अटो रिक्सामा भन्सार छली गरी अवैधरुपमा बोकेको करिव ३ लाख ३७ हजार ६ सय मुल्य बरावरको लेडिज टप्स र कुर्थासुरुवाल बरामद गरेको हो।
बरामद भएको उक्त सामग्री सहित अटो र चालक बिराटनगर १५ बस्ने वर्ष ३५ को सहित अटोमा सवार २२ बर्षीय र २८ बर्षीय समेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।