धरानका एक युवा सहित प्रतिबन्धित लागुऔषधमा १२ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, मङ्सिर १ गते ।

धराने मिडिया : झापा, मोरङ, सुनसरी र संखुवासभाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक २९ गते लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर गरपालिका-६ स्थितबाट मुगुका २२ बर्षीय  हिरा प्रसाद जैसीलाई २ ग्राम ब्राउन सुगर, दमक नगरपालिका-३ का २५ बर्षीय मनिश कुमार धिमाल र दमक-४ का २४ बर्षीय मनिश अधिकारीलाई  ६ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर, मेचिनगर नगरपालिका-१० का ३३ बर्षीय नेसरु मियालाई २ ग्राम १ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र प्रहरी चौकी चारआलीले मेचीनगर -१२ का २७ बर्षीय पवन राईलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय संखुवासभाले सुनसरी इटहरी-४ का २३ बर्षीय बिष्णु शर्मालाई ६ सय मिलिग्राम ब्राउन सुगर सहित र लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त प्रहरी टोलीले बिराटनगर-४ का २७ बर्षिय रोहित थापामगर र बिराटनगर-१५ का २३ बर्षीय  बिक्रम कुमार साहलाई २ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै वडा प्रहरी कार्यालय धरान सुनसरीले प्रतिबन्धीत औषधी ट्रामानिल -५० क्याप्सुल र स्पास्पेन-५० चक्की सहित धरान-१३ का २१ बर्षीय राज कुमार बिश्वकर्मालाई र अस्थायी प्रहरी चौकी जनताबस्ती सुनसरीले इटहरी-५ का ४१ बर्षीय कुमार परियार र  मोरङ सुन्दरहरैचा नगरपालिका-८ का २७ बर्षीय  सुमन कार्कीलाई १ ग्राम १७  मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी घुस्की सुनसरीले २५ किलो गाँजा सहित ओसार पसारमा संलग्न सुनसरी हरिनगरा गाउँपालिका-७ का ३० बर्षीय जलामुदिन मियालाई नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यलयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर