मुख्यमन्त्री कार्की बिकास निर्माणको अनुगमन

समाचारदाता : गोपाल पौडेल

२०८१ मङ्सिर २ गते।

धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्नो निर्वाचन क्षेत्रका जनतासग भेटघाट तथा बिकास निर्माणको अनुगमन गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण हुनलागेको चिल्ड्रेन पार्क निर्माण स्थलको निरिक्षण गर्नुभयो ।

गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क निर्माण स्थाल १२ कठ्ठा क्षेत्रफलमा  निर्माण हुन लनगेको हो ।

 पार्क निर्माण स्थालको निरिक्षण पछि  मुख्यमन्त्री कार्कीले  शहरी विकास कार्यलय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानिय बासीको सहकार्यमा काम गर्न निर्देशन समेत दिनुभयो ।

पार्क सम्म जानका लागी  गत वर्ष  पर्यटन मन्त्रालय  विराटनगरको २५ लाख रुपैयाको लागतमा ५८ मिटर लम्वाई र साढे ३ मिटर चौडाईको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको स्थानिय टिकाराम भण्डारीले बताउनुभयो ।

01cd0710-1a48-4723-8f52-7226bf344d61

पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरीको प्रस्ताव पेस गरेको वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

यसका साथै मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विभिन्न  योजनाको अनुगमन निरिक्षण गर्नुका साथै कार्यकर्ता संग भेटघाट समेत गर्नु भएको थियो ।