एभरेष्ट स्काउट दलकाे हाईक तथा प्रथम दीक्षान्त सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८१ मङ्सिर ३ गते।
धराने मिडिया : धरान ६ मा रहेकाे एभरेष्ट स्काउट दलले पहिलाे दीक्षान्त साथै हाईक सम्पन्न गरेकाे छ ।
दलको पहिलाे दीक्षान्तमा ३३ जना विद्यार्थीहरु दीक्षित भएका हुन । उनिहरुलाई हाईक कार्यक्रममै स्काउटरद्वय समिता खत्री र सयुज भट्टराईले दीक्षित गर्नु भयाे थियो।
साे कार्यक्रममा धरान स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे, काेशी प्रदेश परिषद् सदस्य गाेपाल पाैडेल, बुढिगंगा स्थानीय प्रमुख आयुक्त पर्शुराम खड्का, ग्रामथान स्थानीयप्रमुख आयुक्त संजना कुमारी माझी लगायत अन्य स्काउटर तथा राेभरहरुकाे उपस्थिति रहेकाे थियाे ।
हाईक सभागृहबाट शुरु गरी हरियाली सामुदायिक वनमा समापन गरियाे, जहाँ स्काउटहरु आफै खाना बनाउने साथै मनाेरञ्जनात्मक खेलहरु खेले र सिकेका थिए ।

































