सुनसरीबाट नक्कली नोट सहित २ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, मंसिर १२ गते ।

धराने मिडिया : सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ बर्षीय रामनाथ राय र सुन्दरहरैचा मोरङका २० बर्षीय सन्देश उराव रहेका छन ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले नेपाली रुपैयाको नक्कली नोट १ हजार दरको ४ थान बरामद गरेको छ ।

मंसिर १० गते राती साढे ८ बजे लौकही बजारमा रहेको मनिष किराना पसलमा उनिहरुले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले तत्काल प्रहरीलाई खवर गर्नसाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका उनिहरुको साथबाट २ थान र सामान किनेको दुईओटा पसलबाट १/१ थान एक हजार दरको नेपाली रुपैयाको नक्कली नोट बरामद गरेको थियो ।

नक्कली नोट सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर